The Story in the Gold!
के लुकेको छ सुनमा < आजको दिनमा सुन मानव जिवनको अभिन्न पाटो भइसकेको छ । सुन खाली आफ्नो धातुवत् गुणका लागि मात्र होइन, समग्र जिवनमा नै आइपर्ने विभिन्न जोखिमको व्यवस्थापनका लागि पनि महत्वपूर्ण भएकाले जन–समुदायमा चर्चित रहन्छ । सुनको प्रयोग औषधोपचार देखि विलासिताको साधनहरुसम्मका लागि हुने गरेका छन् । तर समय–सापेक्ष रुपमा हेर्दै जाने हो भने सुनले ऐतिहासिक तथा पौराणिक महत्व पनि बोकेको देखिन्छ । अग्नेः प्रजातं परि यत् हिरण्यम् अमृतं दघे अधि मत्र्येषु य एनव्देद स इदेनमर्हति जरार्मृत्युर्भवति यो बिभर्ति ।। – अथर्ववेद, काण्ड १९, सूक्त २६, ऋचा १ महत्वको कुरा गर्दा वैदिक महत्वलाई बिर्सन सकिन्न, हिन्दुहरुको एक प्रमूख वेद हो अथर्ववेद र माथि उल्लेखित यी पंक्तिहरुको सार “म सुनबाट सिंगारिन चाहन्छु जो अग्नीबाट सिर्जित हुन्छ र अनन्त कालसम्म रहिरहन्छ । यसको आत्मसात गर्ने मानिस अकाल मृत्युको भयबाट पनि स्वतन्त्र रहन्छ ।” वेदबाट साभार गरिएका यी पंक्तिहरुले हिन्...