The Story in the Gold!
के लुकेको छ सुनमा <
आजको दिनमा सुन मानव जिवनको अभिन्न पाटो भइसकेको छ । सुन खाली आफ्नो धातुवत् गुणका लागि मात्र होइन, समग्र जिवनमा नै आइपर्ने विभिन्न जोखिमको व्यवस्थापनका लागि पनि महत्वपूर्ण भएकाले जन–समुदायमा चर्चित रहन्छ । सुनको प्रयोग औषधोपचार देखि विलासिताको साधनहरुसम्मका लागि हुने गरेका छन् । तर समय–सापेक्ष रुपमा हेर्दै जाने हो भने सुनले ऐतिहासिक तथा पौराणिक महत्व पनि बोकेको देखिन्छ ।
अग्नेः प्रजातं परि यत् हिरण्यम्
अमृतं दघे अधि मत्र्येषु
य एनव्देद स इदेनमर्हति
जरार्मृत्युर्भवति यो बिभर्ति ।। – अथर्ववेद, काण्ड १९, सूक्त २६, ऋचा १
महत्वको कुरा गर्दा वैदिक महत्वलाई बिर्सन सकिन्न, हिन्दुहरुको एक प्रमूख वेद हो अथर्ववेद र माथि उल्लेखित यी पंक्तिहरुको सार “म सुनबाट सिंगारिन चाहन्छु जो अग्नीबाट सिर्जित हुन्छ र अनन्त कालसम्म रहिरहन्छ । यसको आत्मसात गर्ने मानिस अकाल मृत्युको भयबाट पनि स्वतन्त्र रहन्छ ।” वेदबाट साभार गरिएका यी पंक्तिहरुले हिन्दुहरुको जीवनमा सुनको महत्वबारे प्रकाश पार्दछन् । यतिमात्र होइन, सुन सबैभन्दा सात्विक धातु मानिएकाले पनि सुनको महत्व हाम्रो समाजमा बढी रहन्छ । विश्वास के पनि गरिन्छ भने सुनले हाम्रो शरिरमा भएका हानिकारक किटाणुलाई नष्ट गर्दछ साथै हाम्रो ईश्वरीय शक्ति अवशोषणको क्षमता पनि बढाउँदछ । विशेषतः कुनै महिलाले सुनको गरगहना प्रयोग गरेमा उहाँमा “शक्तिरुपा” जागृत हुन्छ र सम्पूर्ण परिवार नै सुरक्षित हुन्छ भन्ने विश्वास पनि हाम्रो समाजमा प्रचलित छ ।
माथि उल्लेखित महत्वहरु बाहेक आजको भौतिक युगमा सुनले छुट्टै खालको महत्व बटुलिरहेको छ । आजका दिनमा मानिसहरुले साँस्कृतिक र पारम्परिक बन्धनबाट उन्मुक्त हुन खोजेपनि सुनको प्रयोग र सान्दर्भिकतालाई भने कम गर्न सकेका छैनन् । अहिले त झन् सुनले यति धेरै व्यावसायिक महत्व बोकेको छ कि सुनमा लगानी गरेर नाफा कमाउनेहरुको होड छ । सुनको व्यावसायिक उपयोगिताको कारण जान्न आवश्यक पर्छ यहाँ ।
सुन र त्यसको महत्व बारे चर्चा गरिरहँदा छुटाउन नहुने बुँदा भनेको विश्वभरि नै गरिने मुद्रा ब्यवस्थापन हो । सुनको सञ्चयले धेरै वर्षसम्म मूद्राको मूल्य निर्धारण गर्दै आएको थियोे तर अहिलेको परिदृश्य फरक भइसकेको अवस्था छ । भनिन्छ, सुन र अमेरिकी डलरको ठ्याक्कै उल्टो सम्बन्ध हुन्छ तर किन ? यसको लागि एकचोटि इतिहास पल्टाएर हेर्नुपर्ने हुन्छ । पहिलो विश्वयुद्ध ताका सबै लडाकु राष्ट्रहरुले आफ्ना मुद्रालाई सानो – सानो सुनको मापदण्डमा परिणत गरे जसले उनीहरुको मौद्रिक शक्ति सबल देखिन्थ्यो र युद्धमा खर्च ब्यवस्थापन गर्न सजिलो हुन्थ्यो । सुन सञ्चय गरि सुनको मापदण्डमा अडिएको मौद्रिक प्रणाली निकै लामो समयसम्म चल्यो तर यसले गर्दा आफ्नो मुद्रालाई अझ बलियो बनाउने भन्दै अत्याधिक सञ्चय हुन थल्यो । यसले त विभिन्न आर्थिक झट्का निम्त्याउनु नै थियो ।
दोस्रो विश्वयुद्धको कघारमा आइसक्दा पनि सबैजना सैनिक र भौतिक शक्ति वा मानविय मामिलामा कसलाई प्राथमिकता दिने भन्ने अन्योलमा नै थिए । निस्संदेह दास्रो विश्वयुद्ध अगाडिको द्वि–ध्रुविय संसार विश्वयुद्ध पश्चात एक–ध्रुविय भयो र यसका साथै आर्थिक क्रान्ति को पनि बिजारोपण भयो । दास्रो विश्वयुद्धको अन्त्यतिर, सन् १९४४ मा, अमेरिकाको ब्रेटनउड्स भन्ने स्थानमा ब्रेटनउड्स कन्फेरेन्सको आयोजना भयो जसले तत्कालिन परिस्थितिमा विकास र मानविय संकटको समाधानका लागि तीन संस्थाहरु स्थापना गनुपर्ने निष्कर्ष निकाल्यो । ती तीन संस्थाहरु हुन् – पुनर्निर्माण र विकासका लागि अन्र्तराष्ट्रिय बैंक (हालको विश्व बैंक), अन्र्तराष्ट्रिय मुद्रा कोष र अन्र्तराष्ट्रिय व्यापार संगठन । जसमध्ये अन्र्तराष्ट्रिय व्यापार संगठन कहिलेपनि खुल्न सकेन । लगभग पाँच दशकपछि मात्रै संगठनात्मक संरचनामा परिमार्जनका साथ विश्व ब्यापार संगठन अस्तित्वमा आयो । सुनको मापदण्ड अनुसार प्रचलित मौद्रिक नीति र प्रत्यक्ष विनिमेयता पनि खारेज गरियो । त्यसपश्चात अमेरिकी डलरको दर निर्धारण सञ्चित सुनको आधारमा गरिने भयो तथा लगभग अन्य सबै मुद्राहरुको दर निर्धारण चाहिँ सञ्चय गरिएको अमेरिकी डलरको आधारमा निर्धारण गरिने भयो ।
सुनको बारेमा कुरा गरिरहँदा यसको विविध उपयोगितालाई छुटाउन सकिँदैन । सामान्यतया सुनको प्रयोग गर–गहनामै भएको पाइन्छ । सुन आफै त निकै निष्क्रिय धातु भएकाले “गोल्ड साल्ट” विभिन्न औषधीय कार्यहरुमा प्रयोग हुन्छ । “गोल्ड साल्ट” को प्रयोग गठियावात (अंग्रेजीमा आरथ्राइटिस) को उपचारमा धेरै प्रयोग भएको पाइन्छ । सुनकै अंश प्रयोग भएर बनेको इन्जेक्सन नै ¥ह्युमाटोइड आरथ्राइटिस र क्षयरोग ले गर्दा हुने दुखाइ र सूजनलाई कम गर्न प्रयोग गरिन्छ । दाँतलाई सुरक्षित गर्न र पुनस्र्थापित गर्न दन्त चिकित्सामा पनि सुनको प्रयोग हुन्छ । त्यस्तै तामा, पितल जस्ता धातुहरुको विद्युतिय लेपनका लागि पनि सुनको प्रयोग हुन्छ । आजकाल सबैभन्दा बढि त मुद्रास्फीति र आर्थिक जोखिम ब्यवस्थापनमा सुनको प्रयोग भएको पाइन्छ ।
कमोडिटी बजारहरुमा त अचेल सुनको मूल्यमा लगानी नै गर्न पाइन्छ । माथि भएका जानकारीमा थप केहि जानकारी हुनु अत्यावश्यक हुन्छ लगानी गर्नका लागि । विश्वमा सुनको प्रमुख उत्पादकहरु चीन, अमेरिका, दक्षिण अफ्रिका, अष्ट्रेलिया र पेरु हुन् । प्रमुख उपभोक्ता राष्ट्रहरु भारत र चीन हुन् । अमेरिकी र युरोपेली राष्ट्रहरुको आर्थिक स्थिति र मौद्रिक नीतिले धेरै हदसम्म सुनको मूल्यमा फरक पारेको देखिन्छ । अमेरिका र युरोपको केन्द्रिय बैंकहरुले प्रस्तुत गर्ने कार्यनीति ले पनि सुनमा प्रभाव पार्ने देखिन्छ । भारत र चीनमा समयसमयमा हुने सुनको अत्याधिक मागले पनि मूल्यमा उतारचढाव ल्याउँछ । त्यसका साथसाथै अन्तर्राष्ट्रिय मुद्रा कोषले सार्वजनिक गर्ने उसको सुनको स्वामित्वले पनि सुनको मूल्यमा हलचल ल्याउँदछ ।
अहिलेको भौतिक युगमा सुनले जुन रुपमा मानिसलाई आकर्षित गरेको छ, त्यसले भविष्यमा जोखिम ब्यवस्थापनमै चुनौति खडा गर्ने देखिन्छ ।

Note: This article was published in The Aarthik Abhiyan Daily on 30 April, 2014.
http://www.abhiyan.com.np/article-dristikone_17baisakh2071_k#.U2Nh3oGSyE4
Comments
Post a Comment