सिन्डिकेट, कार्टेल र नेपाल
यसमा कुनै शंका छैन कि पश्चिम नेपाल सुन्दर छ तर त्यस सुन्दरता मा दाग लाग्न थालेको छ, वा भनौं दाग लगाउन थालिएको छ । कसले गरिरहेको छ त त्यस्तो? खुद त्यहीँ बसोबास गर्नेहरुले यसरी दाग लगाउने गरेका छन् – जानी वा नजानी । यस लेखको प्रसङ्ग लगानी क्षेत्रमा देखिने सिन्डिकेट नै हो तर त्यो विषयको गहनतामा जानभन्दा अगाडि म आफैले केहि दिन अघि पश्चिममा सिन्डिकेटले अस्त–व्यस्त बनाएको दिनचर्या लाई यससंग जोड्न चाहन्छु । कुरा सुरु गरौं एउटा व्यापारीको कथाबाट । पश्चिममै बसोबास गर्ने एक नयाँ व्यापारीले एउटा नयाँ लक्जरी बस किन्नुभयो र काठमाडौं देखि पश्चिमको कुनै स्थानसम्म बस संचालन गर्ने जमर्को गरे तर सफल भएनन् । यातायात सिन्डिकेटमा त नेपालको पश्चिमी क्षेत्रले संसारमै नाम कमाउँछ जस्तो छ चाँडै । ती व्यापारीले उनीहरुको प्रचलित संघ वा महासंघ को सदस्यता लिएर पनि बस संचालन गर्न पाउने भएनन् – कारण उनी आफ्नो आमाको नाम दिएर बस संचालन गर्न चाहन्थे । उहाँलाई पश्चिमको कुनै रुटमा बस चलाउने भए संघ वा महासंघले भनेकै नाम राख्नुपर्ने बाध्यता थोपरियो । यो अवस्था थाहा पाउँदा मलाई सम्झना आयो नेपालमा पूर्वति...